रग्बीको दोस्रो चरण छनोट

नेपाल रग्बी संघले नेपाल बङ्गलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज २०२५ को लागि बन्द प्रशिक्षणमा रहेका ४२ जना रग्बी खेलाडीमध्ये दोस्रो चरणको छनौटमा ३० जना खेलाडी छनौट गरेको छ ।
छनौट गरिएका खेलाडीहरूमा अनिल माझी,अनीश श्रेष्ठ, बिवेश बासु, विक्रम पुरी,विजय खड्का, विराट श्रेष्ठ, विष्णु खड्का, धन बहादुर जर्गा,दीपेन्द्र अर्याल, दीपेन्द्र चौधरी, गणेश बानियाँ, झुकेन्द्र राई, मशेस सुनुवार,मोहम्मद हुसेन,मिलन थापा,मोसेस कुमाल, नवीन दर्लामी मगर,नवीन महर्जन, निरोज कार्की, प्रमेश चौधरी,पूजन फेवाली, पुकार खड्गी, सुरज राना, रोहन डङ्गोल,रोशन बमजन, सञ्जय अधिकारी, सन्दीप राई, सरोज कपाली, श्रीराम श्रेष्ठ, यदु अधिकारी रहेका छन् ।
प्रतियोगिता यही आउँदो असार ६ र ७ गते काठमाडौँ स्थित दशरथ रङ्गशालामा हुनेछ । बन्द प्रशिक्षणमा श्रीलङ्काका प्रशिक्षक लियनार्द मेल्भिन स्याल्भेटरले गराई रहेका छन् भने सहायक प्रशिक्षकको रूपमा प्रशिक्षक विनोद तामाङ र कृष्ण क्षेत्री रहेका छन् ।यसै गरी एस एन्ड सी तर्फ भने गोपाल क्षेत्री प्रशिक्षण गरी रहेको र टिम व्यवस्थापन अर्का प्रशिक्षक टङ्कराज गिरि ले गरी रहेको सङ्घ ले जनाएको छ ।
अन्तिम चरणको छनौटमा भने २३ जना खेलाडी मात्र छनौट हुने सङ्घ महासचिव गोविन्द घिमिरेले बताएका छन् ।