तेज बने रामेछापमा अध्यक्ष

रामेछाप । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निकट अखिल नेपाल खेलकुद महासङ्घ रामेछापको अध्यक्षमा तेज तामाङ चुनिएका छन् । बुधवार मन्थलीमा सम्पन्न महासङ्घको उपाध्यक्षमा कृष्ण चौलागाई र राजन गहतराज, सचिवमा इन्द्र राजन मगर, सह सचिव गणेश माझी र मिना जर्गा मगर, कोषाध्यक्ष पूर्ण बहादुर मगर र सदस्यहरूमा सस्ते माझी, कटक बहादुर माझी ,बाबुराम के सी , भुवन सिंह लामा ,विशाल लामा, अनिल सागर ज्ञापक , जेम्स लामा तितुङ , निकेश तामाङ ,सविन थापा मगर , उत्तम थापा मगर , सूर्य बहादुर थापा मगर , राज तामाङ , हेम बहादुर नेपाली , विष्णु रिजाल, सुरेन्द्र लामा र ज्ञान बहादुर मगर चुनिएका छन् ।
कार्यक्रम सभाध्यक्ष लाल बहादुर थापा मगर, प्रमुख अतिथि माओवादी केन्द्र रामेछाप जिल्ला अध्यक्ष कमानसिङ्ग मोक्तान, विशेष अतिथि अखिल नेपाल खेलकुद महासङ्घ केन्द्रीय सह अध्यक्ष जनक बर्तौलाको सहभागितामा महासङ्घको जिल्ला सम्मेलन भएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र रामेछाप जिल्ला पार्टी सचिव प्रेम कार्की सेवक , महासङ्घका केन्द्रीय सचिव तथा प्रदेश संयोजक गोविन्द घिमिरे, केन्द्रीय सचिव शैलेन्द्र शाही, केन्द्रीय स. सदस्य तथा जिल्ला इन्चार्ज जयमान घिसिङ लगायत का महासङ्घका नेताहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ ।
नव निर्वाचित अध्यक्ष तेज विक्रम तामाङले खेल प्रेमी सम्पूर्णलाई यस सङ्गठनमा आबद्ध गरेर खेलाडीहरूको हक अधिकारको सुनिश्चित गर्ने गरी ८ वटै स्थानीय तहमा र साबिक वडा सम्म सङ्गठन लाई मजबुत बनाउँदै जाने र २०८२ भित्रै जिल्लामा विविध खेलको आयोजना गर्ने गरी अखिल नेपाल खेलकुद महासङ्घ रामेछाप अगाडि बढ्ने प्रतिबद्धता जनाए ।