सहिद स्मृति खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने
Manoj Shiama
30 April, 2025 10:01 am

सहिद स्मृति स्पोर्ट्स एकेडेमीको आयोजनामा जेठ महिनामा प्रथम सहिद स्मृति राष्ट्रिय खेलकुद महोत्सव सञ्चालन हुने भएको छ । महोत्सव अन्तर्गत ४ वटा खेल समावेश भएका छन् । यस अन्त्रगत सहिद स्मृति राष्ट्रिय रग्बी प्रतियोगिता, सहिद स्मृति खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता,सहिद स्मृति ब्याडमिन्टन प्रतियोगिता र सहिद स्मृति फुटसल प्रतियोगिता हुने छन् ।
रग्बी र तेक्वान्दो प्रतियोगिता काठमाडौँमा सञ्चालन हुनेछन् भने बाँकी २ खेल ब्याडमिन्टन र फुटसल प्रतियोगिता झापामा सञ्चालन हुनेछन् । प्रतियोगिताको प्रमुख प्रायोजन राष्ट्रिय खेलकुद परिषद् रहने जनाइएको छ । खेलहरू २०८२ ज्येष्ठ दोस्रो हप्ता देखि सुरु भएर ज्येष्ठ अन्तिम साता सम्म सम्पन्न गरिने एकेडेमी का अध्यक्ष रञ्जित तामाङले बताए ।