श्रेष्ठको भुकम्प पिडितलाई एक लाख सहयोग

kushal2arjun1
शनिबार आएको  महाभुकम्पमा परेका भुकम्पपिडित हरुको सहयोग गर्ने क्रम जारी रहेको छ । हालसम्म भुकम्पमा परेर मृत्यु हनेको सङख्या ६ हजार नाघि सकेको छ  र घाइते हुनेको सङख्या १२ हजार पुगी सकेको छ भने हजारै मानीस बेघर भएका छन् ।
काठमाडौ उपत्यकाका आधिकाशं मानिस माहामारीको डरले गाऊ पलायन भएका छन् । भुकम्पको त्रास नेपालीहरुमा नहटीएको अवस्थामा विभिन्न देश,क्षेत्र र व्यक्तिहरुबाट भुकम्पपिडितका लागी सहयोग गर्ने क्रम जारी रहेको छ ।
यसक्रममा सितोरियो कराते पुर्व खेलाडी आर.के पहाडी श्रेष्ठले काभे्रका भुकम्प पिडितका लागी १ लाख बराबरको सहयोग गर्ने भएका छन । हाल कोरीयाको सीहोलमा रहेका आर.के ले काभ्रेका कुल ५० घरका लागी चामल र दाल लगायत खाद्यान्न सहयोग गर्ने भएका छन् ।
उनको गृह जिल्ला समेत रहेको काभ्रेका ५० घरका लागी प्रत्येकलाई ३० किलोको एक बोरा चामल र २ किलो दाल बाड्ने भएका छन । उनी हाल कोरीयामा रहेकाले उनको धर्मपत्नी शारदा प्रजापतिले भुकम्पपिडितका लागी खाद्यान्न बाड्ने भएकी छिन । उनि वि.स २०५० सालदेखी २०५७ साल सम्म नेपालमा करातेका राम्रो खेलाडीको रुपमा सबैमाझ परिचित थिए ।
करातेका सफल खेलाडी रवि महर्जन लगायत उनको ब्याजका खेलाडी हुन् । कोरीयाबाट उनि सगँ फोन सम्पर्क हुदा उनले यातायातको असुविधाले सहयोग कार्यमा आफुले गर्न परेको बताए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को भैतिक पूर्वाधरको सरसफाइ गरिएको छ । त्रिपुरेश्वरस्थित राखेप हाता भित्र सरसफाइ गरिएको हो ।
सरसफाइमा राखेप सदस्य–सचिव युवराज लामा लगायतका पदाधिकारी, कर्मचारी, खेलाडी, विभिन्न खेल संघका पदाधिकारी लगायत सहभागी थिए । यसैगरी, नेपाल खेलकुद महासंघले पनि  क्षति पु¥याएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को भैतिक पूर्वाधरको सरसफाइ गरेको छ । त्रिपुरेश्वरस्थित राखेप हाता भित्र सरसफाइ गरिएको हो ।
सरसफाइमा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, महासंघका महासचिव समेत रहेका राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पा लगायत सहभागी थिए ।
राजीव बस्नतेको सहितको कोटेश्वर युवा समुहले कोटेश्वरमा खाद्य सामग्री वितरण गर्ने काम गर्यो ।
अध्यक्ष महेन्द्र राइको नेतृत्वमा किरात खेलकुद संघ  कपन क्षेत्रमा राहत वितरणमा बिहिबार ब्यस्त रह्यो । संघले शुक्रबार सिनधुपालचोकमा राहत वितरण गर्ने जनाएको छ । यसै विच बेसिंगस्टक  नेपाली कम्युनिटीबाट प्राप्त सहयोग आलापोटमा वितरण गरियो । यस काममा तेक्वान्दो खेलाडी रोमी गीरी लगायत सक्रिय थिए ।
अमेरिकामा बस्ने भलीबलका पूर्व राष्ट्रिइ खेलाडी सुनील चौधरीकी छोरी मेरील्यान्डबाट  परिक्षाको पर्वाह नगरी काठमाडौ आएकी छिन् । यसै खाले सहयोगका लागि । उनले नेपालको दैवी विपत्ती र यहाको मान्छेको जिन्दगी आफ्नो उच्च शिक्षा भन्दा महत्वपूर्ण भएको प्रतिक्रिया दिएकी छिन् ।

Comment