४२ खेलाडी बन्द प्रशिक्षणमा

Manoj Shiama
19 April, 2025 7:09 am

काठमाडौं । नेपाल रग्बीले संघले यसै महिना हुने बङ्गलादेश सँगको शृङ्खलाका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ४२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । प्रतियोगिता आगामी वैशाख २० देखि २२ गतेसम्म घरेलु भूमिमै हुनेछ ।

संघले भर्खरै सम्पन्न राष्ट्रिय फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा खेलाडी छानिएको जानकारी दियो । सङ्घका अनुसार प्रशिक्षण भक्तपुर र ललितपुरमा हुनेछ । पहिलो चरणको प्रशिक्षण आइतबारदेखि भक्तपुरस्थित मैदानमा हुनेछ ।टोलीलाई श्रीलङ्काका लियोनार्ड डे जिल्वाले प्रशिक्षण दिने छन् । 

बन्द प्रशिक्षणमा रहेका खेलाडी

अनिल माझी, अनीश श्रेष्ठ, , विवेश बसु, विकास राना मगर, विक्रम पुरी, विजय खड्का, विराट श्रेष्ठ, विष्णु खड्का, धनबहादुर जर्गा, दीपेन्द्र अर्याल, गणेश बानियाँ, जुकेन्द्र राई, दीपेन्द्र चौधरी, मधेस विष्ट, मनोज ताम्राकार, मधु रोक्का मगर, कपिल सापकोटा, कपिल ठकुरी, मशेस सुनुवार, मिलन थापा, मोहम्मद हुसेन, मोसेस कुमाल, नवीन दर्लामी मगर, नवीन महर्जन, निरोज कार्की, प्रमेश चौधरी, रमित बहादुर मल, रोहन डङ्गोल, रोशन बमजन, सञ्जय अधिकारी, सन्दीप राई, सरोज कपाली, श्रीराम श्रेष्ठ, सुजन कुमाल, सुमन कटवाल, यदु अधिकारी,शेर बहादुर वली, विशाल बडु,सेवक कुँवर,  पुकार खड्गी,सबिन महत र पूजन फेवाली