प्रोफेसनल आईटीएफ अर्को महिना

itffनेपाल आईटीएफ राष्ट्रिय ब्ल्याक वेल्टकमिटीको आयोजनातथा रोयल हिमचुली इन्टरनेसनलको मुख्य प्रायोजनमा चौथौ राष्ट्रिय प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिप ९ जेठमा  हुने भएको छ ।
प्रतियोगितामा २१ खेलाडीको सहभागिता रहने मुल आयोजक कमिटीका संयोजक एवं आयोजकका अध्यक्ष घमबहादुर थापा मगरले जानकारी गराए । पाँच विकास क्षेत्र, नेपाल आर्मी र एपीएफ गरी ७ टिमका खेलाडी सहभागी हुने बताइएको छ । पुरुषको ५७–६३ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
पहिलो हुनेले ६ सय डलर, दोश्रोले ४ सय र तेश्रोले २ सय डलर नगद पुरस्कार प्राप्त गर्नेछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने एकदिने प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख खर्च हुने जानकारी दिइयो ।

Comment