उसुमा विजयलाई स्वर्ण

wushu

नेपाल आर्मी क्लब विजय सिन्जालीले ११ औं राष्ट्रिय उसु प्रतियोगिताको पहिलो दिनबिहीबार स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमीकभर्डहलमा भएको पुरुष थाउलोको छान छ्वान्मा विजयले सर्वाधिक ८.३५ अंक जोडे । ७.८५ अंकसाथ काभ्रेका पेमा लामाले रजत तथा७.८० अंक साथ सिन्धुलीका रुपस लामाले कांस्य हात पारे ।
नेपाल उसु संघद्वारा आयोजित सोही स्पर्धाको महिलामा सशस्त्रप्रहरी बलको एपीएफ क्लबकी सुस्मिता तामाङले पहिलो स्थान हात पारिन् । सुस्मिताले ७.८५ अंक बटुलिन् । ललितपुरकी कविता नेपाली (७.१० अंक) दोश्रो तथा काभ्रेकी सपना मोक्तान (६.५५ अंक) तेश्रो भए ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष इन्द्रबहादुर थिङले उद्घाटन गरे । प्रतियोगितामा विभिन्न ३० जिल्ला, आर्मी र एपीएफका गरी जम्मा १ सय ५० खेलाडी सहभागी छन् । थाउलोमा ८ र सान्सौंमा १५ गरी जम्मा २३ स्वर्णकालागिप्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

Comment