एसियाली भारोत्तोलन हुने

wi
नेपाल भारोत्तोलन संघको आयोजनामा सिनियर एसियाली महिला तथा पुरुष भारोत्तोलन प्रतियोगिता नेपालमा हुने भएको छ । ललितपुरको लगनखेलस्थित आर्मी शारीरिक प्रशिक्षण तथा खेलकुद केन्द्रमा हुन लागेको प्रतियोगिता  आगामी साउन ६ देखि १५ गतेसम्म हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगितामा एसियाका ३५ राष्ट्रका कूल ४०० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।
विश्व भारोत्तोलनको मानचित्रमा यस खेलको महाशक्ति एसिया नै भएको हुनाले विश्व च्याम्पियन, ओलम्पिक च्याम्पियन पनि यस प्रतियोगितामा सहभागी हुनेछन्, यसैले नेपालमा भारोत्तोलनको विश्व र एसियाली कीर्तिमान पनि कायम हुने सम्भावना धेरै छ– भारोत्तोलन संघका महासचिव पार्थ सारथी सेन गुप्त (मीठू गुरु) ले बताए ।
एसियाली भारोत्तोलन प्रतियोगिताको सफल आयोजनाले सन् २०१८ को विश्व जुनियर भारोत्तोलन प्रतियोगिता आयोजना गर्ने अवसर पनि प्राप्त हुनेछ भारोत्तोलन संघका अध्यक्ष रतन टण्डनले बताए ।
पुरुषमा २४ र महिलामा २१ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न १ करोड ४२ लाख १२ हजार रुपैयाँको बजेट विनियोजित गरिएको बताइएको छ ।

Comment