लोप्चन र मर्हजन सम्मानीत

kamala
ललीतपुर जिल्ला उसु संघले आइतबार एसियाली उसु च्याम्पियनसीपकी रजत पदक विजेता कमला लोप्चनलाई सम्मान गरेको छ । कमलाले सन् १९८२ मा दक्षिण कोरियाको सोलमा भएको तेस्रो एसियाली उसु च्याम्पियनसीपमा रजत पदक जितेकी थिइन् । त्यसअघि उनी सन् १९९१ मा बेइजिङमा भएको बिश्व उसु च्याम्पियनसीपमा पाचौं भएकी थिइन् । उनी नेपालमा भएको पहिलो स्वेस राष्ट्रिय च्याम्पियनसीप उसु प्रतियोगिताको विजेता पनि हुन् ।
उनीसंगै दसौं दक्षिण एसियाली खेलकुदका रजत पदक विजेता धनबीर मर्हजन पनि सम्मानीत भए । उनले ६ बर्ष क्युवामा बिशेष प्रशिक्षण लिएर आएका हुन् । उनी कतारको दोहामा भएको एसियाली खेलकुदमा पनि सहभागि थिए । हरिसिद्धी उसु क्वानको प्रशिक्षण स्थलमा भएको कार्यक्रममा उनलाई मुख्य प्रशिक्षक गोपाल श्रेष्ठ, ललीतपुर उसु क्वानका अध्यक्ष सानु राजा मर्हजन, प्रशिक्षक राम गोपाल मर्हजन, कुमार दाहाल  र  सुमन भट्ट लगायतले सम्मान गरे ।

Comment