हाप्किडो राष्ट्रिय च्याम्पियनसिपको तयारी तीव्र

नेपाल हाप्किडो संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा नवौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप २ र ३ असारमा कर्णाली प्रदेशको सुर्खेतमा हुने भएको छ । च्याम्पियनसिपको तयारी तीव्र रूपमा भइरहेको नेपाल हाप्किडो संघका मुख्य प्रशिक्षक प्रवीण गुरुङले जानकारी दिए । 

च्याम्पियनसिपमा ५२ जिल्लाका खेलाडीको सहभागिता रहने छ । क्युरोगी, होसिनसुल, हाइ फल, लङ फल र विपन टेक्निकमा प्रतिस्पर्धा हुने छन् । 

संघको नियमित वार्षिक कार्यक्रम अनुसार च्याम्पियनसिप हुने लागेको हो । प्रत्येक संस्करण फरक प्रदेशमा आयोजना गर्ने नीति अनुसार नवौँ संस्करण कर्णालीमा हुने लागेको हो । 

शीर्ष तिन स्थान पाउने टोलीका साथै उत्कृष्ट महिला र पुरुष खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट प्रशिक्षक र रेफ्रीलाई पनि नगद पुरस्कार प्रदान गरिने छ । साथमा अनुशासित खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट जिल्ला र उत्कृष्ट स्कुल डोजाङलाई पनि सम्माीनत गरिने छ । 

Comment