पहिलो पटक चार विधामा हङकङ ओपन ब्याडमिन्टन हुने

‘स्वास्थ्यका लागी खेल, मनोरञ्जन को लागी खेल ’ भन्ने मूल उद्देश्यका साथ चुनवान नेपाली ब्याडमिन्टन क्लब ले दोस्रो पटक चार फरक विधामा  आकर्षक पुरस्कार सहित हङकङ ओपन ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै छ । ९ जुनमा आयोजना हुने सो प्रतियोगितामा पुरुष युगल श्रेणी ए, पुरुष डबल श्रेणी बी, महिला डबल, र पुरुष भेट्रान्स ( ४५ वर्ष ) माथि उमेर समूहको प्रतिस्पर्धा हुने क्लब अध्यक्ष ज्ञानेन्द्र थापाले जानकारी दिए । 

सो प्रतियोगितामा हाल सम्मकै सर्वाधिक श्रेणी एमा १९जोडी, श्रेणी बीमा  १६ जोडी,महिला मा ५ जोडी तथा भेट्रान्समा ११ गरी जम्मा ५१ जोडीको सहभागिता रहने  निश्चित भइसकेको खेल संयोजक शिवचन्द्र लिम्बुले जानकारी दिए । यस प्रतीयमानता भारतीय मूलका खेलाडीको पनि सहभागिता रहने छ ।

सो प्रतियोगितामा हङकङ नेपाली ब्याडमिन्टन सङ्घको टेक्निकल सपोर्ट रहेको छ ।प्रतियोगिताको श्रेणी एमा पहिलो पुरस्कार राशि  ४८,००० र  दोस्रो पुरस्कार ४४,००० छ । श्रेणी बी तर्फ पनि समान राशिको पुरस्कार छ । 

भेट्रान्स तर्फ पहिलो पुरस्कार  ४५, तथा दोस्रो ४२, ५०० छ । महिला तर्फ पहिलो पुरस्कार  ४२,००० तथा दोस्रो पुरस्कार ४१, ००० छ । 

Comment