के वान किक बक्सिङ्ग हुने

lokendra karki

नेपाल किक बक्सिङ्ग संघको आयोजनामा नेपालमै पहिलो पटक “प्रथम के वान किक बक्सिङ्ग प्रतियोगिता” मंसिर दोश्रो साता हुने भएकोछ ।
दशरथ रङ्गशालाको कभर्डहलमा हुने प्रतियोगितामा ६५ केजी तौल समूहमा मार्सल आर्टस्का विभिन्न खेल विधा उसु, सितेरियो कराते, बक्सिङ्ग, आईटिएफ, बुदोकैदो, सिन्जिनकाई, क्योकुसिन लगायत ८ विधाका सर्वोत्कृष्ट खेलाडीहरुले प्रतिस्पर्धा गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
प्रतियोगितामा जापानबाट समेत ६५ केजी तौल समूहका सर्वोत्कृष्ट किक बक्सिङ्ग खेलाडीहरुको सहभागिता रहने संघका अध्यक्ष लोकेन्द्र कार्कीले जनाए ।
करिव २० लाख खर्च अनुमान गरिएको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई २ लाख, १ लाख र ५० हजार नगद प्रदान गरिने छ भने प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई जापान एमए किक बक्सिङ्ग संघको प्रायोजनमा जापानमा प्रशिक्षण प्रदान गर्नुका साथै विभिन्न प्रतियोगितामा सहभागिता गराईने समेत प्रेश विज्ञप्तीमा जनाईएको छ ।

Comment