नारायण र थमको जोडी सेमिफाइनलमा

आयोजक देउराली क्लबका डिफेन्डिङ च्याम्पियन नारायण राना र थम रानाको जोडी दोश्रो देउराली क्लब खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्सतर्फ आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उक्त जोडीले बनस्थलीका नवीनबाबु श्रेष्ठ र राजकुमार श्रेष्ठको जोडीलाई २१–१६ र २१–१६ को सोझो सेटमा पराजित गर्दै कम्प्लिट हेल्थ क्लब (सीएचसी) का निराजन देवकोटा र नीरविक्रम देवकोटाको जोडीसंग सेमिफाइनल भेट पक्का गरे । अर्को सेमिफाइनल बसुन्धाराका आकाश छन्त्याल र राम बानियाँ तथा सीएचसीका राजु भुजु र प्रकाश श्रेष्ठबीच हुनेछ ।
पुरुष भेट्रान्स डबल्समा सीएचसीका राजु भुजु र केशव पौडेल तथा नवीनबाबु श्रेष्ठ र अनिल शाहको जोडी उपाधिका लागिव भिड्ने भएका छन् ।

Comment