कोटेश्वर टिम च्याम्पियन

आयोजक कोटेश्वर तेक्वान्दो डोजाङ प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगितामा शनिवार टिम च्याम्पियन बनेको छ । ११ स्वर्ण, १० रजत र १० कांस्यसाथ कोटेश्वर समग्रमा टिम च्याम्पियन बन्यो ।

योङ स्टार ग्रुप सह–आयोजक रहेको प्रतियोगितामा १० स्वर्ण, ७ रजत र ३ कांस्यसाथ चन्द्रागिरि दोस्रो भयो । तेस्रो स्थानको क्षेत्र पालले ३ स्वर्ण, ५ रजत र २ कांस्य हात पा¥यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ सय, २ सय र १ सय अमेरिकी डलर नगद पुरस्कार हात पारे ।

प्रतियोगिताको पुरुषमा हिमालयका सविन बर्तौला तथा महिलामा कोटेश्वर ह्दयानी बस्नेत उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही ५० अमेरिकी डलर नगद पुरस्कार पाए । शीर्ष तीन स्थान हात पार्ने टिम र उत्कृष्ट खेलाडीको नगद पुरस्कार नवौँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता द्वय नीराजन श्रेष्ठ र निर्मल श्रेष्ठले प्रायोजन गरेका हुन् ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवर, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे ।

Comment