राजीव एसियन बक्सिङमा सर्वाधिक मत ल्याएर निर्वाचित

rajib
नेपाल बक्सिङ संघका अध्यक्ष राजीव श्रेष्ठ एसियन बक्सिङ कन्फेडेरेसनको कार्यकारी सदस्यमा निर्वाचित भएका छ । १२ अप्रिलमा काजकिस्तानको अल्माटिमा भएको जनरल एसेम्लीमा भएको मतदानमा श्रेष्ठले सर्वाधिक मत प्राप्त गर्दै पहिलो नम्बरमा रहेर कार्यकारी सदस्यमा निर्वाचित भएका हुन् ।
उनी चार बर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । नेपाली बक्सिङ इतिहासमा एएसबिसिको सो पदमा निर्वाचिन हुने श्रेष्ठ पहिलो नेपाली भएको नेपाल बक्सिङ संघले जनाएको छ । ३० भोटमा राजिवले २० मत प्राप्त गरेका थिए । कार्यकारी सदस्यका लागि १६ जनाले उम्मेदवारी दिएका थिए जसबाट ८ जना निर्वाचिन भएका हुन् ।
ती मध्ये सर्वाधिक मत राजीवले प्राप्त गरेको उनले बताएका छन् । ९ जना कार्यकारी सदस्य हुनेमा  चीनका प्रतिनिधि आइबामा रहेकाले उनी स्वत कार्यसमितिको सदस्य हुने भएकाले ८ जना सदस्यका लागि भोटिङ भएको श्रेष्ठले जानकारी दिए । उनले सो जित नेपालको भएको बताए । ‘यसले नेपालको बक्सिङको विकास र विस्तारका लागि भूमिका खेल्न सकिने छ ।’ उनले भने,‘म खुसी छु । नेपाली बक्सिङका लागि यो खुसीको कुरा हो ।’

Comment