जर्मनीमा च्याम्पियन्सका खेलाडी सहभागी हुने
Manoj Shiama
25 January, 2024 4:14 pm
![](https://i0.wp.com/kknews3.sgp1.cdn.digitaloceanspaces.com/wp-content/uploads/2024/01/416011390_3332855640339284_2778129434308740579_n-576x768.jpg?resize=576%2C768&ssl=1)
च्याम्पियन्स मार्सल आर्ट एकेडेमीका कार्यकारी प्रमुख सुशीला लामाको नेतृत्वमा ४ सदस्यीय टोली जर्मनको ड्रेसडेनमा २७ जनवरीमा आयोजना हुने कराते प्रतियोगितामा सहभागी हुँदै छ । टोलीको प्रशिक्षकमा दिगम्बर पन्त छन् ।
![](https://i0.wp.com/kknews3.sgp1.cdn.digitaloceanspaces.com/wp-content/uploads/2024/01/415782729_1031371174596983_8495666259618392674_n-768x576.jpg?resize=720%2C540&ssl=1)
टोलीलाई नेपाल कराते महासङ्घका महासचिव तथा नेपाल सितेरियो कराते सङ्घका अध्यक्ष दावा गुरुङले बिदाइ गरे ।
सोही कार्यक्रममा प्रमुख अतिथि दावा गुरुङ र लामाले सातौँ साउथ एसियन कराते प्रतियोगितामा यु–२१ ६७ केजीमा रजत पदक जितेका अनिल बरामलाई सम्मान सहित बिदाइ गरियो ।