नारायण र थमको जोडी क्वाटरफाइनलमा

badminton
आयोजक देउराली क्लबका नारायण राना र थम रानाको जोडी दोश्रो देउराली क्लब खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्सतर्फ शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । डिफेन्डिङ च्याम्पियन उक्त जोडीले किङकोमका विकास राई र अनिरुद्र गुरुङको जोडीलाई २१–१४ र २१–१७ को सोझो सेटमा पराजित गरे ।
त्यस्तै कम्प्लिट हेल्थ क्लब (सीएचसी) का राजु भुजु र प्रकाश श्रेष्ठ, अनामनगरका सन्तोष मोक्तान र अनिल ताम्सुहाङ, सीएचसीका निराजन देवकोटा र नीरविक्रम देवकोटा, मिट प्वाइन्टका दत्त थापा र आङकुसाङ शेर्पा तथा बनस्थलीका नवीनबाबु श्रेष्ठ र राजकुमार श्रेष्ठको जोडी पनि आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउदै क्वाटरफाइनलमा पुगे ।
भेट्रान्स डबल्सतर्फ सीएचसीका राजु भुजु र केशव पौडेलको जोडीले सामाखुशीका देवेन्द्र दुलाल र प्रेम घलेको जोडीलाई २१–१९ र २१–१९ को सोझो सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

Comment