क्यापको जित

स्टुडेन्ट्स ओलम्पिक एसोसीएसन नेपालको आयोजनामा दुइ दिने खेल महोत्सब शनीबार सुरु भयो । महोत्सब अन्तरगत शनीबार मोर्डन इन्डियन स्कुलमा भएको बास्केटबल खेलमा क्याप कलेजले भारतबाट आमन्त्रीत टोलीलाई ५३–३७ ले पराजित गर्यो । पुस्प सदन र आमन्त्रीत टोली विचको खेलमा पुस्पसदन स्कुलले जित हात पार्यो । क्याप कलेजको प्रदर्शन उत्कृष्ट रहेको प्रशिक्षक अन्जन उप्रेतीले बताए ।
आइतबार मोर्डन इन्डियन स्कुल र भारतीय टोली विच बास्केटबल खेल हुने छ । आइतबार नै भलीबल खेल हुने आयोजकका महासचिव पुरुषोत्तम बुढाथोकीले बताए ।

Comment