इनास सब जुनियर च्यालेन्ज कप सुरु

नेपालमा योनेक्सको आधिकारिक विक्रेता इनास इन्टरप्राइजेजको आयोजनामा योनेक्स सनराईज इनास सब जुनियर च्यालेन्ज कप ब्याडमिन्टन प्रतियोगिता बिहीबार सुरु भयो । मनमैजुस्थित दीपक ब्याडमिन्टन एकेडेमीमा भएको प्रतियोगिताको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले उद्घाटन गरे । 

चार दिन सम्म सञ्चालन हुने प्रतियोगितामा यु–११, यु– १३ ब्वाईज र र्गल्स र यु– १५ ब्वाईज र र्गल्स गरी पाँच विधामा जिल्ला÷क्लब गरी ८६ खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेको आयोजक इनासका प्रोप्राइटर राजु बास्तोलाले जानकारी गराए । बास्तोलाले साना बालबालिकालाई ब्याडमिन्टन खेल प्रति आकर्षित गर्दै राष्ट्रिय खेलाडी उत्पादन गर्ने मुख्य उद्देश्य रहेको बताए ।

प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रिजन थापा मगर र अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रका अक्षत ढुङ्गेल यु– १३ को अन्तिम १६ मा प्रवेश गरेका छन् ।

बिहीबार सम्पन्न प्रतिस्पर्धामा थापा मगरले नाइटिङ्गलका निश्चल थापालाई २१–१, २१–६ ले तथा अक्षतले कीर्तिपुरका गगन बि.क.लाई २१–१९, २१–१९ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् ।

अन्तिम १६ मा स्थान बनाउने क्रममा स्पोर्टस् हवका सदीप राईले ललितपुरका प्रशान्त बुढाथोकीलाई २१–६, २१–११, दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीले कपिलवस्तुका बिवेश बस्नेतलाई २१–१९, २१–१६ र  एपिएफका आरुष सिम्खडाले सुशान्त प्रजापतिलाई २१–१८, २१–१७ले हराए ।  कालिकाका आदित्य चौधरीले आर्मीका आयुष राईलाई २१–६, २१–८, धन्यन्तरीका सत्यम कार्कीले दोलखाका अर्नव श्रेष्ठलाई २१–६, २१–१०, कास्कीका अमृत थापाले कपिलवस्तुका विराट बस्नेतलाई २१–९, २१–१० र  कपिलवस्तुका राज घिमिरेले कीर्तिपुरका सामन्त बज्राचार्यलाई २१–११, २२–२०ले हराए ।  तनहुँका सफल भुजेलले दीपक ब्याडमिन्टन एकेडेमीका जेशन श्रेष्ठलाई २१–६, २१–१२ ले हराए भने  आर्मीका दीप थिङ्गले इटहरीका सिमोन कार्कीबाट वाक ओभर पाए ।

यस्तै यु ११ तर्फ एसबिएका आदित्य थारु, कपिलवस्तुका विराट बस्नेत, महाबौद्धका आरभ शाक्य र ललितपुरका प्रशान्त बुढाथोकी आआफ्ना प्रतिद्वन्द्वलाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाउन सफल भएका छन् ।

Comment