महासचिवबोहरा कोरियातर्फ

bohara
विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्णसिं बोहरा ‘हेड अफ डेलिगेट्स’ को बैठकमा सहभागी हुन शुक्रबार दक्षिण कोरियाको ग्वान्जु प्रस्थान गरेका छन् ।
बैठकमा ग्वान्जुमै सन् २०१५ को जुलाइ ३ देखि १४ तारिखसम्महुने २८ औं समर युनिभर्सियाडका विषयमा छलफल हुने बताइएको छ ।
नेपालले पनि उक्त युनिभर्सियाडको व्यक्तिगत स्पर्धामा सहभागिता जनाउने संघले जनाएको छ । २०११ माचीनमा र २०१३ मा रसियामा भएको युनिभर्सियाडमा नेपालले सहभागिता जनाइसकेको छ ।

Comment