यु–१७ मा अधिकारीले जिते स्वर्ण

पोखरामा सम्पन्न दोस्रो खुला राष्ट्रिय तथा प्रथम कास्की मेयर ओपन ब्याडमिन्टन प्रतियोगिताको यु–१७ तर्फ अरुण अधिकारी पहिलो भएका छन् । एपीएफका प्रतिनिधीत्व गरेका उनी कठायत ब्याडमिन्टन ट्रेनिङ सेन्टरका उत्पादन हुन् । 

उपाधि जित्ने क्रममा अधिकारीले नेपाल आर्मी क्लबका अभय महर्जनलाई २१–१४,२१–१५ ले हराए । सेमिफाइनलमा उनले यु–१७ तर्फ नेपालका शीर्ष बरीयताका कबिर केसीलाई पनि सोझो सेटमा हराए । 

कठायत ब्याडमिन्टन ट्रेनिङ सेन्टरका उत्पादनले नेपाली ब्याडमिन्टनमा प्रभाव पारी रहेको समयमा अधिकारीको उपलब्धि थप महत्त्वपूर्ण भएको छ । 

Comment