राखेप सदस्य सचिव र सङ्घ अध्यक्ष शाहले मतलब नगरे पछि प्रदेश परिषद्ले नै समस्या समाधान गर्ने 


प्रदेश परिषद्ले प्रदेश एथलेटिक्स सङ्घको अधिवेशन गर्दै साधारण सभा गरिने

बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तथा नेपाल एथलेटिक्स सङ्घका तदर्थ कमिटीका सदस्य सूर्य भण्डारीले खेलकुद ऐन र विधान अनुसार प्रदेश अधिवेशनसँगै नेपाल एथलेटिक्स सङ्घको अधिवेशन हुने बताएका छन् । खेलकुद न्यूजडटकमसँगको छोटो कुराकानीमा भण्डारीले कम्तीमा चार प्रदेशको अधिवेशन हुने वैधानिक प्रावधान अनुसार अधिवेशन हुने र त्यस पछि केन्द्रीय  अधिवेशन हुने बताएका छन् । बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तथा नेपाल एथलेटिक्स सङ्घका तदर्थ कमिटीका सदस्य सूर्य भण्डारीले खेलकुद ऐन र विधान अनुसार प्रदेश अधिवेशनसँगै नेपाल एथलेटिक्स सङ्घको अधिवेशन हुने बताएका छन् । खेलकुद न्यूजडटकमसँगको छोटो कुराकानीमा भण्डारीले कम्तीमा चार प्रदेशको अधिवेशन हुने वैधानिक प्रावधान अनुसार अधिवेशन हुने र त्यस पछि केन्द्रीय  अधिवेशन हुने बताएका छन् । 

उनले वैधानिक प्रावधान अनुसार नै प्रादेशिक खेल सङ्घको अधिकारलाई कसैले कटौती गर्न नमिल्ने र केन्द्रीय हस्तक्षेप हुन नसक्ने बताएका छन् । ‘ यो बाग्मती प्रदेश मात्र होइन सबै प्रदेशको हकमा लागु हुने नियम हो ,’ भण्डारीले भने ।   

अहिले नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीव विक्रम शाहले केन्द्रीय सङ्घका बहुसङ्ख्यकले अधिवेशनको माग गरे पनि यसमा चासो दिएका छैनन् । एथलेटिक्सकर्मीको भेला र समूह उनको विरुद्धमा रहेको ठहर सहित शाहले निर्वाचन गर्न नचाहेको धेरैको अनुमान छ । 

सुरुमा राजीव विक्रम शाहकै अध्यक्षतामा बसेको तदर्थ समितिको बैठकले विधान स्वीकृतिमा लागि राष्ट्रिय खेलकुद परिषद्मा जाने र निर्वाचन गर्ने निर्णय भएको थियो । शाहले आफूले सही गर्छ भन्दै प्रस्तावित विधान र म्यान्डेट घरमा लगेर राखेको जनाइएको छ । त्यस पछि शाह एथलेटिक्स सङ्घका तदर्थ कमिटीका सदस्यसँग टाढा हुँदै सम्पर्क आउन चाहेनन् । 

त्यस पछि एथलेटिक्स तदर्थ समितिको बहुमत सदस्यले फेरी विधानमा हस्ताक्षर गर्दै राखेपमा बुझाए पनि परिषद् सदस्य सचिव टङ्कलाल घिसिङले एथलेटिक्स भित्रको समस्या समाधान गर्न कुनै चासो देखाएका छैनन् । 

बाग्मती प्रदेश सदस्य सचिव भण्डारीले कानुन बमोजिम सबै प्रदेशले प्रदेश खेलकुद परिषद्ले प्रदेश खेलकुद सङ्घ गठन गर्न पाउने र त्यसै अनुरूप साधारण सभा गर्न पाउने भएकाले प्रदेश खेलकुद परिषद्कै पहलमा  एथलेटिक्स सङ्घ गठन र साधारण सभा गर्न जरुरी भएको बताए ।  

Comment