राजेश र अजयको जोडी प्रिक्वाटरफाइनलमा

deurali club
आयोजक देउरालीक्लबका राजेश जोशी र अजय गौतमको जोडीदोश्रो देउराली क्लब खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्सतर्फ शुक्रबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । नयाँबानेश्वरस्थित एकता मार्गमा भएको प्रतिस्पर्धामा राजेश र अजयको जोडीले नरेफाँटका अरुण बलामी र प्रदीप महर्जनको जोडीलाई २१–१७ र २१–१९ को सोझो सेटमा पराजित गरे ।
डिफेन्डिङ च्याम्पियन देउरालीकै नारायण राना र थम रानाको जोडीले शान्ति सेवा समाजका समिर गुरुङ र दीपक खड्काको जोडीलाई २१–८ र २१–१२ तथा बसुन्धाराका आकाश छन्त्याल र राम बानियाँको जोडीले देउरालीका नरेन्द्र श्रेष्ठ र राजु पुलामीको जोडीलाई २१–९ र २१–१८ ले हराउदै प्रिक्वाटरफाइनलमा स्थान पक्का गरे ।
त्यस्तै बनस्थलीका नवीन बाबु श्रेष्ठ र राजकुमार श्रेष्ठ, बौद्धका दत्तबहादुर थापा र आङकुसाङ शेर्पा, विशालनगरका रमेश डंगोल र रामकुमार प्रजापति, कम्प्लिट हेल्थक्लब (सीएचसी)कानिराजन देवकोटा र नीरविक्रम देवकोटा, कपनका नारायण गौतम र अभिषेक गुरुङ, अनामनगरका सन्तोष मोक्तान र अनिल ताम्सुहाङ, बौद्धका शिव श्रेष्ठ र अनुपबस्नेत, बनस्थलीका साजनकुमार श्रेष्ठ र रमेश श्रेष्ठ, सीएचसीका राजु भुजु र प्रकाशश्रेष्ठ, देउरालीका तुलसी महर्जन र हिमान्शु श्रेष्ठ, बोडेका राजु खुम्बु र प्रेमबहादुर जैना, किङकोमका विकास राई र अनिरुद्र गुरुङ तथा शान्ति सेवा समाजका सन्जय कपाली र जीवन आचार्यको जोडी पनि प्रिक्वाटरफाइनलमा पुग्न सफल भए ।

Comment