हङकङमा अन्तरभाषिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

किरात राई यायोक्खा हङकङ युवा खेलकुद सङ्गीत तथा साहित्य विभाग द्वारा आयोजित तेस्रो अन्तर भाषिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । किरात राई समुदायको उँधौली पर्व ५०८३ को अवसर पारी भएको कार्यक्रमको   समापन भव्यताका सम्पन्न भएको हो । 

कार्यक्रमको समाप्तिसँगै विजेता खेलाडीलाई प्रमुख अतिथि किराया हङकङका अध्यक्ष, प्रमुख अतिथि तथा विशिष्ट अतिथिबाट पुरस्कार वितरण भएको हो । सो प्रतियोगिता ३ विधामा आयोजना गरिएको थियो । 

मिश्रित युगल, पुरुष युगल डिभिजन ‘ए’ र पुरुष युगल डबल्स डिभिजन ‘बि’ मा गरी कुल २३ जोडीको सहभागी थियो । 

किराया हङकङ भित्रका ८ वटा भाषिक संस्थाहरूको खेलाडीहरूले भिडन्त भएको थियो । प्रतियोगितामा मिश्रित युगल तर्फ चाम्लिङ टोलीबाट सहभागी हेमराज राई र मनीषा राईको जोडी पहिलो भयो ।  दिपेन राई र प्रनिसा राई दोस्रो र किरण राई र वीणा राईको जोडी तेस्रो भयो । 

मिश्रित युगलमा हेमराज राई र मनीषा राई दोस्रो पटक उपाधि जितेको छ । उनीहरू दाजु बहिनी पनि हुन । त्यसै गरी डिभिजन ए मा मिलन राई र दिपेन राईको जोडी पहिलो , हेमराज राई र किरण राईको जोडी दोस्रो तथा  सञ्जीव राई र प्रकाश राईको जोडी तेस्रो भयो । डिभिजन बी मा शोभित राई र निर्मल राईको जोडी पहिलो लोखराज राई र सन्तोष राईको जोडी दोस्रो  तथा इमान राई र इन्द्र राईको जोडी तेस्रो भयो ।  सम्पूर्ण विजेता खेलाडीलाई नगद, ट्रफि पदक र प्रमाण पत्र प्रदान गरियो । सो प्रतियोगीयतामा लिङमा कन्स्ट्रक्सन कम्पनी मुख्य प्रायोजक थियो । 

अन्य बिभिन्न कम्पनी तथा व्यक्तिहरूबाट आर्थिक सहयोग भएको थियो । सो खेल सम्पन्न गर्नका लागि शुभ राज राईले प्राविधिक संयोजकको भूमिका निर्वाह गरेका थिए । गङ्गाराम राई विभागीय प्रमुख र रामली राई विभागीय संयोजक थिए । सो ब्याडमिन्टन प्रतियोगिताको संयोजन हेमराज राईले गरेका थिए । 

Comment