बास्केटबलका सत्याल सम्मानित

satyal
शंखमूलस्थित ज्ञाननिकेतन उमाविले आफ्नो रजत महोत्सवका अवसरमा बास्केटबलका राष्ट्रिय निर्णायक निरन्जन सत्याललाई शुक्रबार सम्मान गरेको छ ।
सत्याल ज्ञाननिकेतनका पहिलो बास्केटबल प्रशिक्षकका साथै ज्ञाननिकेतनले विगत १५ वर्षदेखि आयोजना गर्दै आएको बास्केटबल प्रतियोगिताको रेफ्री संयोजक हुन् ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमबीच सीएनएन हिरो– २०१० एवं माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले सत्याललाइ प्रशंसापत्र र मायाको चिनो प्रदान गरिन् ।

 

Comment