बुढानीलकण्ठ र जीजीआइसी उपाधिका लागि भिड्ने

बुढानीलकण्ठ बास्केटबल क्लब र जीजीआइसी समृद्धि यु–१९ बास्केटबल प्रतियोगिताको पुरुष स्पर्धाको फाइनलमा प्रवेश गरेका छन् । तेन्जिङ शेर्पाको ४१ स्कोरको सहयोगमा बुढानीलकण्ठले टाइम्सलाई ८१–७८ ले हरायो । प्रतिस्पर्धात्मक खेलको पहिलो क्वार्टरमा १४–८ तथा दोस्रो क्वार्टरमा २५–२२ को अग्रता लिएको थियो । तेस्रो क्वार्टरमा खेलमा फर्किएको टाइम्सले २६–१९ को अग्रता लिएको थियो । 

दुई अङ्कको अग्रता लिएको बुढानीलकण्ठले अन्तिम क्वार्टरमा २३–२२ को अग्रता लिएको थियो । 

अर्को खेलमा जीजीआइसीले नुलेस मगरको ४० स्कोरको योगदानमा सीसीआरसीलाई १०५–१०२ ले हरायो । पहिलो क्वार्टर २२–२२ सकिएको सो खेलको दोस्रो क्वार्टरमा सीसीआरसी ३०–१९ को अग्रता लिन सफल भयो । खेलमा फर्कने क्रममा जीजीआइसीले तेस्रो क्वार्टरमा ३४–२९ तथा चौथोमा ३०–२१ को अग्रता लियो । 

महिला तर्फको खेलमा जेभिएर इन्टरनेसनलले एक दिन अघि नै फाइनल प्रवेश गरी सकेको बुढानीलकण्ठलाई ३९–२८ ले हरायो ।  

Comment