बुढानीलकण्ठ र आइएसए फाइनलमा

बुढानीलकण्ठ बास्केटबल क्लब र आइएसए नेपाल दोस्रो समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बुढानीलकण्ठले आइएसएलाई हराए पनि दुवै टोली फाइनल प्रवेश गरेका हुन् । बुढानीलकण्ठले पहिलो क्वार्टरमा १०–६ र दोस्रो क्वार्टरमा १९–५ले अग्रता लिएको हो । तेस्रोमा आइएसए १०–७ को अग्रता लिँदै अन्तर घटाउन सफल भएको थियो । अन्तिम क्वार्टरमा बुढानीलकण्ठले १०–६ को अग्रता लियो । 

भ्याली पब्लिक र जीीआइसीको खेलमा भ्याली पब्लिकले जीजीआइसीलाई ५३–४० ले हरायो । भ्यालीपब्लीककी लोउसिया लोप्चनले सर्वाधिक २१ स्कोर गरिन् । 

पुरुष तर्फको खेलमा टाइम्स सेमिफाइनलमा प्रवेश गरेको छ । टाइम्सले आइएसएलाई ७५–५५ ले हरायो । पहिलो क्वार्टरमा आइएसए १७–११ ले अघि रहे पनि दोस्रो क्वार्टरमा टाइम्स सानदार कम ब्याक गर्दै २६–१२ को अग्रता लिन सफल भएको हो । तेस्रो क्वार्टरमा १९–१२ को अग्रता लिएको टाइम्सका लागि सिमोन गुरुङले सर्वाधिक २९स्कोर गरे ।

जीजीआइसी, बुढानीलकण्ठ र सिसीआरसी पनि सेमिफाइनलमा प्रवेश गरे । जीजी आइसीले स्नो ल्यान्डलाई ८६–५५ ले हरायो । पहिलो क्वार्टरमा १७–१४ को अग्रता लिएको जीजीआइसीले दोस्रो क्वार्टरमा २८–१५ तथा तेस्रोमा १६–११ को अग्रता लिएको थियो । जीजीआइसीका थिन्लेन तामाङ म्यान अफ द म्याच घोषित भए । 

बुढानीलकण्ठले पहिलो क्वार्टरमा १९–१४, दोस्रोमा ३५–२०तेस्रोमा १८–१५ र चौथोमा भने स्नो ल्यान्डले २९–२३ को अग्रता लिएको थियो । 

सीसीआरसीले प्रतिस्पर्धात्मक खेलमा ७८–७४ ले हरायो । दोस्रोमा सीसीआरसीले २५–१४ ले अग्रता लिएको थियो । तेस्रोमा कीर्तिपुरले १८–१४ को अग्रता लिएको थियो । अन्तिम क्वार्टरमा दुवै टोलीले १८ स्कोर गरेका थिए । सो खेलमा नीराजन साह म्यान अफ द म्याच घोषित भए । 

सोमबार जीजीआइसी र सीसीआरसीका बिच तथा बुढानीलकण्ठ र टाइम्सका बिच सेमिफाइनल खेल हुने छ । राउन्ड रोबीन लिग अन्तरगत महिलाको बुढानीलकण्ठ र जेभिएरका बिच खेल हुने छ । 

Comment