प्रेमको महत्त्वपूर्ण उपलब्धि

दोलखाका प्रेम कोइरालाले नेपाली खेलकुदमा एरेनामा महत्त्वपूर्ण फड्को मारेका छन् । २०१४ देखि नेपाल रग्बीमा संलग्न कोइराला नेपालको पहिलो लेभल टु अन्तर्राष्ट्रिय रेफ्री हुन सफल भएका छन् । 

खेलाडीको रूपमा २०१४ देखि लगातार रूपमा रग्बीमा सक्रिय उनी २०१६ मा पहिलो पटक खेलाडीको रूपमा अन्तर्राष्ट्रिय एरेनामा उपस्थिति जनाएका थिए । सन् २०२२ सम्म अन्तर्राष्ट्रिय खेल खेलेका उनले रग्बी सेभेन र रग्बी फिफ्टीन दुवैमा अन्तर्राष्ट्रिय एरेनाको उपस्थिति रहेको छ । रेफ्रीको रूपमा उनको पछिल्लो लगावका कारण केही महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताको अवसर गुमाएका थिए । 

उनले यस अघि सन् २०२३ मा श्रीलङ्का तथा नेपालमा भएको यु–२० र यु–१८ रग्बी प्रतियोगितामा सहायक रेफ्रीको भूमिका निर्वाह गरेका थिए । 

Comment