च्याम्पियनलाई पहिलो स्थान

आठौँ इन्डो नेपाल कराते तथा किक बक्सिङ च्याम्पियनसिपमा च्याम्पियन्स मार्सल आर्ट एकेडेमी पहिलो भएको छ । च्याम्पियन्सले ६ स्वर्ण तथा एक कांस्य पदक हात पारेको हो । २० केजीमा अमिस्मा लामा, २५ केजीमा यान्जुम लामा, ५५ केजीमा निमा तामाङ, २५ केजीमा अर्भिन बोहरा, ६० केजी माथिमा अनिल बाराम तथा १२ वर्ष मुनी यान्जुम लामाले स्वर्ण पदक जिते । यसै गरी, स्रानील लामाले कांस्य पदक जिते । 

Comment