हङकङमा नेपालीको ब्याडमिन्टन प्रतियोगिता

किरात राई यायोख्खा हङकङ युवा,खेलकुद,सङ्गीत तथा साहित्य विभागद्वारा आयोजित तेस्रो अन्तर भाषिक ब्याडमिन्टन प्रतियोगिता २४ डिसेम्बर २०२३ मा सुरु हुँदै छ । काउलुन स्पोर्ट सेन्टरको कभर्डहलमा प्रतियोगिता सञ्चालन हुने छ । 

प्रतियोगितामा राईहरूको ९ वटा भाषिक संस्थाहरूले प्रतिस्पर्धा गर्ने छन् । पुरुष युगलको समूह एमा ५, समूह बिमा ९ तथा मिश्रित युगलमा ९ गरी कुल २३ जोडीको सहभागिता रहेको छ । आपसी भातृत्वको विकास तथा क्रिसमसको ३ दिनको बिदालाई सदुपयोग गर्ने उद्देश्यले सो खेलकुद प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताले हङकङको ब्याडमिन्टन खेलाडीहरूको हौसला वृद्धि हुने अपेक्षा गरिएको छ । निकट भविष्यमा पनि यस किसिमको प्रतियोगिताको आयोजना  गर्ने जनाइएको छ । 

प्रतियोगिताको मुख्य प्रायोजक लिङमा कन्स्ट्रक्सन कम्पनी रहेको छ । अन्य बिभिन्न कम्पनी तथा व्यक्तिगत रूपमा पनि प्रायोजन भएको छ । 

यस खेलको संयोजक हेमराज राई तथा युवा खेलकुद समिति तथा साहित्य विभाग प्रमुख गङ्गाराम राई रहेका छन् !

सहभागी भाषिक संस्थामा चाम्लिङ, बान्तवा, साम्पाङ, कोयी, थुलुङ, बायूङ, पुमा, दुमी तथा खालीङ छन् । 

Comment