श्यामको नेतृत्वमा सोतोकान टोली भारततर्फ

शनिवार  र आइतबार कलकत्तामा आयोजना हुने ३२ औ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली टोलीको पनि सहभागिता रहने भएको छ । श्याम शेर्पाको नेतृत्वमा गएको टोलीमा आदित्य काथब्त, प्रिन्स स्याङतान, दीपेश राई, रिहान गौतम, पविका मानन्धर, कबिन गमाल, सम्पदा रुपाकोटी, लिनक्स पुरी र राजवीर चौधरी सहभागी छन् । यसै गरी नेना मानन्धर, शर्मिला मानन्धर, सरु मानन्धर, प्रेम चौधरी र आदित्य कार्कीको पनि सहभागिता छ । 

यसै गरी हिमाल, बुढामगर, सागर बुढामगर, सुमिन तामाङ, तारिक अजिज, मनोज घलान, आरभ खवास, अमन राई र बिराज राई पनि सहभागी छन् । रेफ्रीमा श्याम शेर्पा, कृष्ण कुमार मानन्धर, सुशान्त मोदक, विकास तामाङ, विमला तामाङ र सानुमाया मानन्धरले पनि सहभागिता जनाउँदै छन् । नेपाल सोतोकान कराते सङ्घका महासचिव तथा मुख्य प्रशिक्षक श्याम शेर्पाले जनाए अनुसार यस प्रतियोगिताको सहभागिता बजेट ५ लाख ६० हजार रुपैयाँ रहेको छ । 

सोही टोलीका १० खेलाडी र ३ रेफ्रीले २३ र २४ डिसेम्बरमा आयोजना हुने ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा पनि सहभागिता जनाउने छन् । 

Comment