अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्यालले भारतमा गरे ब्याडमिन्टन एकेडेमीको उद्घाटन 

गत हप्ता मात्र भारतको कल्याणमा महाराष्ट्र प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता उद्घाटन गरेका वरिष्ठ अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्यालले बिहीबार प्रमुख अतिथिको रूपमा मध्य प्रदेशकै भूपालमा ब्याडमिन्टन एकेडेमीको उद्घाटन गरेका छन् । 

नेपालमा पहिलो पटक भारतको ब्याडमिन्टन २१ एकेडेमी भित्र्याएर भारतका राष्ट्रिय प्रशिक्षक मार्फत सुनौलो कार्यक्रमको सुरुवात गर्न समेत अर्याल सफल भई सकेका छन् । अर्यालले के एन्ड पी कलेज फर साइन्स एन्ड टेक्नोलोजी होसङगावाद रोडमा खुलेको एकेडेमीको उद्घाटन गरेका हुन् । सो एकेडेमी सेभेन मांगोस स्पोर्ट्स एरेना र ब्याडमिन्टन २१ एकेडेमीको संयुक्त लगानीमा खुलेको हो । 

नेपाली ब्याडमिन्टनको इतिहासमै भारतमा यस किसिमको सम्मान र अवसर पाउने अर्याल सम्भवतः ः पहिलो व्यक्ति हुन् । उद्घाटन समारोहमा भूपालका ब्याडमिन्टन खेलाडीहरू, प्रदेश सङ्घका पदाधिकारीहरू, फिजियोथेरापिस्ट र ब्याडमिन्टन प्रशिक्षकको उपस्थिति थियो । 

Comment