घिसिङको पूर्वाग्रह कायम

एसियाली स्तरमा परिचित  मार्सल आर्टको एक विधा पेनकेक सिलाट प्रति राष्ट्रिय खेलकुद परिषद् पूर्वाग्रही भएको छ । खेल सङ्घ लगायत अन्य निर्णयमा पूर्वाग्रही निर्णय गर्ने परिषद्को यो पछिल्लो कदम हो । 

पेनकेक जस्तै पछिल्लो समय रग्बी सङ्घका पूर्व अध्यक्ष टङ्क लाल घिसिङले आफ्नो खेललाई भने अनावश्यक महत्त्व दिएका छन् । 

त्यस पछि भएको विश्व च्याम्पियनसिपमा नेपाली खेलाडीले एक बाउट जितेका थिए । नेपाली खेलको स्तर यत्तिसम्म छकी कुनै पनि खेलमा कमसेकम एक बाउट जित्न पनि  महत्त्वपूर्ण मान्ने गरिएको छ । कतिपय खेलले त ओलम्पिक लगायत ठुला प्रतियोगितामा नकआउट नभएर पुरा समय रिङमा टिके पनि उपलब्धि ठान्दै पुरस्कारको घोषणा गर्ने गरेका छन् ।  

सन् २०१८ को एसियाली खेलकुदमा सहभागी सो मार्सल आर्टलाई विधान संशोधन र निर्वाचन गर्नका लागि राखेप अवरोध बनेको छ । राखेप एसियाली खेलकुदमा सहभागिताको सवालमा पनि पूर्वाग्रही भएको थियो । घिसिङ पूर्व अध्यक्ष रहेको रग्बीले भने यस एसियाली खेलकुदमा सर्मानक प्रदर्शन गरेको थियो । तथापि रग्बीले नेपालमा रामे सुविधा पाइ रहेको छ । 

Comment