अर्यालबाट भारतमा प्रतियोगिता उद्घाटन

नेपाली अन्तर्राष्ट्रिय अम्पायर तथा ब्याडमिन्टन २१ एकेडेमी नेपालका निर्देशक उदय अर्यालले भारतको कल्याणमा सञ्चालित महाराष्ट्र राज्य राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गरेका छन् ।

ब्याडमिन्टन २१ एकेडेमी गुजरात तथा प्रधान स्पोर्ट्स म्यानेजमेन्ट महाराष्ट्रको विशेष निमन्त्रणमा अर्याल प्रमुख आतिथ्य ग्रहण गर्न त्यस तर्फ प्रस्थान गरेका हुन् । 

भारतको ब्याडमिन्टन २१ एकेडेमीलाई नेपालमा भित्र्याएर नेपालमा गुणस्तरीय ब्याडमिन्टन प्रशिक्षणको व्यवस्था गर्न अर्याल लागी परेका छन् । यसले नेपाली ब्याडमिन्टनको विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने उनको विश्वास छ । 

Comment