मुर बेसबलका राष्ट्रिय प्रशिक्षक

नेपाली बेसबलले मार्भिन मुरलाई प्रशिक्षकको रूपमा पाएको छ । नेपाल बेसबल तथा सफ्ट बल सङ्घका अध्यक्ष दीपक न्यौपानेले मुरको उपस्थिति नेपाली बेसबलको विकासमा काशेढुंगा साबित हुने विश्वास व्यक्त गरेका छन् । 

अमेरिकी नागरिक मुरले यस अघि स्वीजरल्यान्ड,फिलिपिन्स, ब्रुनाई र भुटानको प्रशिक्षण सम्हाली सकेका छन् । 

नेपाली खेलकुदमा ठुला घरानाका धनी मात्र नेतृत्वका लागि लायक हुन्छन् भन्ने मान्यतालाई पार गर्दै अध्यक्ष भएका न्यौपानेको कार्यकालमा बेसबलले अन्य महत्त्वपूर्ण योजना समेत अघि सारेको छ । बेसबलले पाएको यो अवसर अन्य धेरै खेल नेतृत्वका लागि समेत पाठको विषय बनेको छ ।  

वर्षौँ देखि स्थापित संघले राष्ट्रिय टोलीको नियमित प्रशिक्षण गर्न सकेका छैनन् । यस्तै सङ्घका अधिकारी ओलम्पिक कमिटीको नेतृत्वमा जिम्मेवार तहमा समेत रहेका छन् । 

Comment