मुकुन्द्रको महत्त्वपूर्ण अवसर

अस्ट्रेलियामा बसोबास गर्दै आएका कराँते खेलाडी मुकुन्द्र महर्जनले महत्त्वपूर्ण अवसर प्राप्त गरेका छन् । नेपालमा भएको पाँचौँ देखि सातौँ राष्ट्रिय खेलकुदमा लगातार स्वर्ण पदक पाउनुका साथै धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता पाएका मुकुन्द्रले सिड्नीमा अवस्थित पीडीके डोजोमा कुमुते प्रशिक्षकको अवसर पाएका हुन् । 

उनको उज्ज्वल प्रशिक्षक जीवनको कामना व्यक्त गर्दै नेपाली करातेका धेरै जनाले उत्साह व्यक्त गरेका छन् । 

उनलाई यस अवसर दिलाउन प्रशिक्षक रिक्की रिगोरले साथ दिएका थिए । मुकुन्द्र रिगोर प्रति आभार व्यक्त गर्न चाहन्छन् । 

Comment