वैधानिक प्रदेश अधिवेशन विना नै ब्याडमिन्टन सङ्घको केन्द्रीय अधिवेशनको तयारी

नेपाल ब्याडमिन्टन सङ्घको अधिवेशन आगामी मङ्गलवारका लागि आहान गरिएको छ । सो साधारण सभाको कानुनी वैधताका बारे यावत प्रश्न उब्जिएको छ । यस अघि २८ भदौका दिन स्थगित साधारण सभा मङ्गलवारका लागि तय गरिएकाले सबै प्रतिनिधीहरुका लागि तदर्थ समितिका संयोजक राम जी बहादुर श्रेष्ठले पठाएको निमन्त्रणा पत्रमा उल्लेख गरिएको छ । 

२८ भदौका दिन स्थगित हुनुको अवस्थामा कुनै परिवर्तन नभएका भने भएको छैन । सो समयमा प्रदेश सङ्घको वैधानिक अधिवेशन नभएका कारण साधारण सभा स्थगित भएको थियो । 

अहिले पनि  बाग्मती प्रदेश ब्याडमिन्टन सङ्घको अधिवेशन नभएको प्रदेश परिषद्का सदस्य सचिव सूर्य भण्डारी बताउँछन् । भण्डारीका अनुसार वैधानिक रूपमा वाग्मती प्रदेशका अन्तरगतका जिल्ला अधिवेशन तथा बाग्मती  प्रदेशको अधिवेशन भएको छैन । 

लुम्बिनी प्रदेश ब्याडमिन्टन सङ्घको पनि वैधानिक अधिवेशन भएको छैन । यस अधि केन्द्रीय तदर्थ समितिका अध्यक्ष श्रेष्ठको सक्रियतामा भएको लुम्बिनी प्रदेश अधिवेशनले पनि वैधानिक प्रक्रिया पुरा नगरेका कारण अझै मान्यता पाइ नसकेको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जय भट्टराई बताउँछन् । 

भट्टराई पनि नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् र नेपाल ब्याडमिन्टन सङ्घको नेतृत्वको बिचमा छलफल भएर विवाद समाधानको बाटो रोज्ने सहमति भए पनि यसलाई श्रेष्ठले अटेर गरेर समस्या बढाएको बताउँछन् । यसै अवस्थामा हुने निर्वाचन वैधानिक हुन सक्ने मत दुवै प्रदेशका सदस्य सचिवहरूको छ ।  

Comment