चौधरी भन्छन्, ‘ एथलेटिक्समा शाह शासनको अन्त्य जरुरी छ ,’

रामकृष्ण चौधरी, सिताराम चौधरी र धनी राम चौधरी नेपाली एथलेटिक्सका परिचित नाम । यस चितवन स्थित खैरहनी नगरपालिका नेपाली एथलेटिक्सका लागि स्वर्णिम भूमि हो । यसै स्वर्णिम भूमिका पुराना खेलाडी धनवीर चौधरी हाल व्यवस्थापकीय कुरामा सक्रिय छन् । नेपाली एथलेटिक्स सङ्घ अहिले ध्वस्त र बदनाम अवस्थामा छ । यसलाई सुधारको बाटोमा ल्याउन उनको मेहनत र प्रयास जारी छ । 

थापाथलीका एक जना धनाढ्यको साख जोगाइदिनकै लागि देश भरीका खेलकर्मीको भावना माथि कुठाराघात भएको छ । ८ वर्ष अघि राजीव विक्रम शाह अध्यक्ष भएका थिए । त्यस यताका दुई कार्यकालमा थुप्रै यस्ता घटना भएका छन्, जुन नेपाली एथलेटिक्सका लागि लाज मर्दो हो । 

अन्तर्राष्ट्रिय निकायबाट आएका सामान एयरपोर्टमा लामो समय थन्किएको छ । थापाथलीको निजी निवासबाट सङ्घको काम भएको छ । महासचिवको काम र जिम्मेवारी छैन, मेल आइडी समेत निजी रूपमा प्रयोग गरेर महासचिवको अधिकारको हनन भएको छ ।

कुनै खेलको अन्तर्राष्ट्रिय प्रावधानको जानकारी नै नभएका व्यक्तिलाई महत्त्वपूर्ण क्षेत्रमा जिम्मेवारी दिइएको छ  । एक जना धावक दुई वर्षसम्म ओलम्पिकका लागि तयारी गर्ने र अन्तिममा जान नपाउने दुखद घटना यसै कार्यकालमा भएको छ । 

वंल्ड एथलेटिक्सले दिन तयार भएको ट्र्याकको आफूले स्थानको जोहो गर्न नसकेर नेपालले गुमाएको छ । सङ्घ आफैले राष्ट्रिय च्याम्पियनसिपको आयोजना विरलै गरेको होला । माडीमा तत्कालीन महासचिव चौधरीको पहलमा जुनियर राष्ट्रिय च्याम्पियनसिप भएको थियो । सो समयमा सङ्घ अध्यक्षले कुनै चासो समेत दिएका थिएनन् । यी सबैले भन्छ, ‘ राजीव विक्रम शाहको कार्यकाल नेपाली एथलेटिक्सको कालो दिन हो । यसको अन्त्य जरुरी छ । ’

नेपाली एथलेटिक्सकर्मी अविलम्ब निर्वाचनको चाहनामा छन् । शाह विकल्पको खोजीमा छन् । नयाँ युगको अपेक्षामा छन् । 

पूर्व महासचिव तथा हालको तदर्थ कमिटीका सदस्य धनवीर चौधरीको प्रस्ट मत छ, ‘ विगतको साधारण सभामा गरिएका कमजोरी सच्याउँदै राजीव विक्रम शाह युगको कालो दिनको अन्त्य जरुरी छ । ’

अन्तर्राष्ट्रिय निकायबाट आएको रकम र सङ्घमा भएको रकम सकाएर एसियाली क्रस कन्ट्रीको आयोजना गरियो । थुप्रै खेलाडीलाई क्लोज क्याम्प राख्न सकिने अवस्था र राष्ट्रिय च्याम्पियन गर्न सक्ने रकम त्यसै क्रस कन्ट्रीको नाममा सकाइएको थियो । 

अन्तर्राष्ट्रिय निकायको हवाला दिँदै नेपाली एथलेटिक्सकर्मीलाई बारम्बार थर्काउने काम यसै अवधिमा भएका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोटको प्रस्ट प्रावधान छैन । कत्तिसम्म भने आफूलाई नरुचाउने प्रशिक्षक माथि निकट सम्बन्ध भएका कारण थुप्रै प्रशिक्षक र खेलाडी माथि भेदभाव भएको छ । धनवीरको प्रस्ट मत छ, ‘ यो कालो दिनको अन्त्य जरुरी छ,।’ 

नेपाली एथलेटिक्स देश भरी पुग्नुको कुनै विकल्प छैन । थापाथलीको दरबारबाट नेपाली एथलेटिक्सको स्वामीत्व फेरी देश भरी लैजान जरुरी रहेको धानवीरको मत छ । 

Comment