पारा ब्याडमिन्टन खेलाडी प्रकाशको विजयी सुरुवात

चीनको हङजाउमा भएको चौथो एसियन पारा खेलकुदको ब्याडमिन्टनमा नेपालका प्रकाश अधिकारीले विजयी सुरुवात गरेका छन् । अधिकारीले एसएल४ अन्तरगत पुरुष एकलको खेलमा इराकका अलि असादीलाई २१–१९,१९–२१र २१–१९ ले पराजित गरेका हुन् । 

उनी एसएल४ समूहमा एसियाकै कान्छा खेलाडी हुन्। होङझाउको बिनजीयाङ जीम्न्याजीयममा जारी स्पर्धाको दोस्रो चरणमा प्रकाशले शनिवार पाकिस्तानका मोहम्मद बकास अख्तरको सामना गर्ने छन् । 

एसियन पारा खेलकुदमा प्रकाशले बिना प्रशिक्षक नै प्रतिस्पर्धा गरी रहेका छन् । नेपालमा पारा ब्याडमिन्टन प्रशिक्षक नै छैनन् । 

सुर्खेतका प्रकाश नेपालका प्रथम पारा ब्याडमिन्टन खेलाडी हुन् । 

Comment