सुमन र दिपनको जोडी पहिलो

बडा दसैँ, तिहार एवम् छठ पर्वको उपलक्ष्यमा अमरसिंह क्लबको आयोजनामा भएको प्रथम अमरसिंह ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । सोही अवसरमा खेलकुद क्षेत्रमा योगदान गरेका खेलाडी, निर्णायक एवं प्रशिक्षकहरूलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । २७ असोजमा सुरु भएको प्रतियोगिता मङ्गलवार सम्पन्न  भएको हो ।

प्रतियोगितामा दुई वटा विधामा स्पर्धा भएको थियो । खुल्ला पुरुष युगल र भेट्रान्स (४५ वर्ष माथि) विधामा प्रतिस्पर्धा भएका हुन् । खुल्ला पुरुष युगल तर्फ सुमन शाक्य र दिपन महर्जन च्याम्पियन बने । उनीहरूले बबिन केसी र विवेक चौधरीको जोडीलाई  प्रतिस्पर्धात्मक खेलमा पराजित गरेका हुन् । त्यस्तै उमेश धिताल, दिनेश केसी र देवेन्द्र राई, कृष्ण श्रेष्ठको जोडिले तेस्रो स्थान पाए । 

भेट्रान तर्फ सञ्जय कपाली र नरेन्द्र न्यौपानेको जोडी विजेता बने, उनीहरूले हरि खत्री र विपिन साहको जोडीलाई हराएका हुन् ।  दीपक सिंह थापा, ईश्वर कार्की र दत्त थापा, लोक बहादुर श्रेष्ठको जोडिले तेस्रो स्थान हात पारे । 

प्रतियोगितामा खुल्ला पुरुष तर्फ विजेता जोडीले २५ हजार रुपैयाँ पाए । उपविजेताले १२ हजार रुपैयाँ तथा सान्त्वना तर्फ  ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरे । पुरुष भेट्रान तर्फ विजेता जोडीले २० हजार रुपैयाँ तथा उपविजेताले १० हजार रुपैयाँ पाए । सान्त्वना तर्फ  ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरे । 

विजयी खेलाडीहरूलाई पूर्व उप– प्रधानमन्त्री प्रकाशमान सिंह, कागेश्वरी मनोहरा नगर प्रमुख उपेन्द्र कार्की तथा क्लबका अध्यक्ष पुष्कर थापा लगायतले पुरस्कार एवम् सम्मान पत्र हस्तान्तरण गरे । 

Comment