लुम्बिनी अध्यक्षमा विवेश

विवेश पुरीको अध्यक्षतामा आइडब्लुएफएन कराते सङ्घको लुम्बिनी प्रदेश समिति गठन भएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जय भट्टराईको प्रमुख आतिथ्य तथा मुख्य प्रशिक्षक बुद्ध नेगीको उपस्थितिमा भएको साधारण सभाले विमल पौडेल र सुरेश अधिकारीलाई उपाध्यक्षमा चयन गरेको छ । 

यसै गरी केशव खनाल  सचिव, दीपेन्द्र केसी सह सचिव तथा देव थापा कोशाध्यक्ष भए । रविन राना, लाल बहादुर खत्री, किरण कुमार श्रेष्ठ, गणेश बहादुर खत्री, श्याम भुसाल, कल्पना राना सौमै, सिता थापा मगर, लेखामनी खत्री र अजातसी राना मगर सदस्य भए । 

प्रदेश कराते सङ्घका महासचिव वासु बस्नेतको पनि कार्यक्रममा उपस्थिति थियो । 

Comment