इचङ्गु टिम च्याम्पियनच्याम्पिय


च्याम्पियन मार्सल आर्ट्स एकेडेमी द्वारा आयोजित एक दिने  प्रथम च्याम्पियन मार्सल आर्ट एकेडेमी जुनियर कराते च्याम्पियनसिप सम्पन्न शनिवार सम्पन्न भएको । प्रतियोगितामा १३ टिमका ३ सय खेलाडी सहभागी थिए । ११ औँ साग का स्वर्ण पदक विजेता च्याम्पियन मार्सल आर्ट्सका निर्देशक हाल अमेरिकामा बसोबास गर्दै आएका सुनिल लामाको विशेष सहयोग मा सम्पन्न प्रतियोगितामा पुरुष एकल कातातर्फ इचङ्गु डोजोका नीरज बस्नेत प्रथम , महिला एकल कातामा इचङ्गुकै रेनिसा रिमाल प्रथम भए ।
महिला  १५ केजीमा च्याम्पियन मार्सल आर्ट्सकी रोज्ली थापा प्रथम, २० केजीमा मनमैजु डोजोकी प्रस्ना ढकाल प्रथम, २५ केजीमा च्याम्पियन मार्सल आर्ट्सकी रसिका पुडासैनी प्रथम, ३० केजीमा मनकामना डोजोकी विनीता कुवर प्रथम, ४५ केजीमा इचङ्गु डोजाकी सोनाम शेर्पा प्रथम, ५५ केजीमा च्याम्पियन मार्सल आर्ट्सकी निमा तामाङ प्रथम, ३० केजीमा मनकामना डोजोकी विनीता कुँवर प्रथम, ३५ केजीमा मोदर स्कुलकी अलिशा गुरुङ प्रथम, खुल्ला  तौल समूहमा भिएस निकेतनकी युनिका राई प्रथम, ४० केजीमा मनकामना डोजोकी समीक्षा राना मगर प्रथम स्थानमा रहे ।
पुरुष २० केजीमा भिएस निकेतनका निश्चल खड्का प्रथम, २५ केजीमा मोदर स्कुलका गौरव सुवेदी प्रथम, ३० केजीमा मनकामना डोजोका डेभिड राना मगर प्रथम, ५५ केजीमा इचङ्गु डोजोका सबिर श्रेष्ठ प्रथम, ६० केजीमा च्याम्पियन डोजोका अनिल बराम प्रथम, ४५ केजीमा इचङ्गु डोजोका नीराजन बस्नेत प्रथम, ३५ केजीमा मनमैजु डोजोका आयुश गजुरेल प्रथम बने ।
पुरुषमा निश्चल खड्का तथा महिलामा प्रस्ना ढकाल उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १५० डलर नगद पुरस्कार हात पारे । टिमतर्फ इचङ्गु डोजो, च्याम्पियन मार्सल आर्ट्स र मनकामना डोजो क्रमशः शीर्ष तीन स्थान हासिल गरे   ।
विजेतालाई नेपाल कराते महासङ्घका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव युवराज लामा, नेपाल सितोरियो कराते सङ्घका अध्यक्ष दावा गुरुङलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । सो अवसरमा खेल पत्रकार अजय फुयाँललाई सम्मान गरिएको थियो ।
कार्यक्रम संयोजक सुशीला लामाले आगामी दिनमा खेलाडीको वृद्धि विकासका निम्ति विभिन्न प्रतियोगिताहरू गर्ने प्रतिबद्धता जनाइन् ।

Comment