कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो सम्पन्न 

११ औ कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिप शनिवार सम्पन्न भयो । शनिवार भएको च्याम्पियनसिपमा २४ डोजाङका खेलाडीको सहभागिता थियो । प्रतियोगिताको प्रमुख अतिथि ओलम्पिक पदक विजेता विधान लामा र विशेष अतिथि नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि महेन्द्र थिङले उद्घाटन गरे । 

सो अवसरमा तेक्वान्दोको प्रथम महिला ब्ल्याक बेल्ट सुधा सेन, तेक्वान्दो प्रशिक्षक ईश्वर मान सिंह र तेक्वान्दो प्रशिक्षक इन्द्र मान तुलाधरको पनि उपस्थिति थियो ।  कार्यक्रममा तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्कालाई तेक्वान्दो खेलमा गरेको अतुलनीय योगदानका बापत सम्मान गरिएको थियो । 

(विस्तृत समाचार पछि )

Comment