आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सुरु

पिस फिटनेस सेन्टर (पीएफसी) द्वारा आयोजना गरिएको छैटौँ आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । काठमाडौँस्थित पेप्सीकोलामा रहेको पीएफसी ब्याडमिन्टन कभर्ड हलमा खेल बिहीबार सुरु गरिएको हो ।

प्रतियोगितामा पुरुष एकल, डबल्स र ५० वर्ष माथिका भेट्रान्स समूह छुट्टाएर खेल आयोजना गरिएको आयोजकले जनाएको छ । पुरुष सिंगल्सतर्पm २५ जना, डबल्स तर्फ ४२ र भेट्रान्स  तर्फ १६ टिमले भाग लिएका छन् ।

कार्यक्रममा पीएफसीका अध्यक्ष सञ्जय कपालीले खेलाडीलाई कर्क दिएर शुभारम्भ गरेका थिए । पेप्सीकोला आसपास लगायतका खेलाडीको सहभागिता रहेको प्रतियोगिता २८ गतेसम्म चल्नेछ ।

Comment