घिमिरेको खेल अन्तर्य सार्वजनिक

मनोज घिमिरेले लेखेको खेल अन्तर्य बिहीबार सार्वजनिक गरेको छ । गौतम ब्याडमिन्टन ट्रेनिङ सेन्टरमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार युवराज घिमिरेले पुस्तकको विमोचन गरे । सो अवसरमा वरिष्ठ पत्रकार युवराज घिमिरे र तेक्वान्दोका मुख्य प्रशिक्षक नवीन कुमार श्रेष्ठले शुभकामना व्यक्त गरेका थिए । यसै गरी वरिष्ठ पत्रकार गोविन्द लुइँटेलले पुस्तकको बारे प्रकाश पारेका थिए । 

सो अवसरमा बोल्दै प्रमुख अतिथि घिमिरेले खेलकुदका सकारात्मक र नेपालमा रहेको विकृति दुवै पक्षको बारे उजागर पार्नु पर्ने विचार व्यक्त गरेका थिए । 

यसै गरी लुइँटेलले पुस्तकमा नेपाली खेलकुदमा नेपाली खेलकुदको विकृतिको पक्षमा उल्लेख गरिएको बताउँदै अझ सशक्त लेखनका लागि शुभकामना दिए । 

यसै गरी श्रेष्ठले घिमिरे अन्यायमा परेका खेलकर्मीको आवाज बोल्ने पत्रकार भएको प्रतिक्रिया दिए । 

पुस्तकमा नेपाली खेलकुदको समालोचना गरिएको छ भने केही अन्तर्राष्ट्रिय खेलकुदका फिचर र नेपाली खेलकुदमा महत्त्वपूर्ण योगदान भएका तथा सङ्घर्षशील व्यक्तिको बारे उल्लेख गरिएको छ । पुस्तकमा यस अघि लेखकले राजधानी दैनिक, सौर्य दैनिक, खबरहबडटकम र  द नेपालटप दैनिक लगायत सञ्चार माध्यममा लेखेका सामग्री समावेश गरिएका छन् ।पुस्तकको सम्पादन घनेन्द्र ओझाले गरेका हुन् ।  

पुस्तकमा नेपाली खेलकुदमा बाहिर छरिएका भ्रम र आन्तरिक यथार्थका बारे उल्लेख गरिएको छ । कठायत ब्याडमिन्टन ट्रेनिङ सेन्टरले विमोचन कार्यक्रमको व्यवस्थापन गरेको थियो । कार्यक्रम फिटनेस पार्क ट्रेनिङ सेन्टरका व्यवस्थापक राम त्रिपाटीको सभापतित्वमा भएको थियो । 

Comment