तेक्वान्दो सङ्घ पूर्वाग्रही बनेको कोटेश्वर घरेलु प्रतियोगितामा उत्कृष्ट

नेपाली तेक्वान्दोमा पायनीयर कोटेश्वर तेक्वान्दो डोजाङले चौथो नेपाल ओपन तेक्वान्दो प्रतियोगितामा सानदार प्रदर्शन गरेको छ । कोटेश्वरले ११ स्वर्ण, २ रजत तथा ३ कास्य पदक जितेको हो । कोटेश्वरका निश्चल मगर, मिलन राय, एलीस ठकुरी, सुरेश तामाङ, सक्षम रायमाझी, सबिना तामाङ, इसिका राना, मनिष विश्वकर्मा, रबिन मगर र ह्दयानी बस्नेतले स्वर्ण पदक जितेका छन् । 

जिगर मण्डल र सुरक्षा केसीले रजत पदक जितेका छन् । विवेक रावल काड्रा,जोन्सन राई, मनोज सिंह सिटोलीले रजत पदक जिते । 

स्वर्ण विजेता एलीसलाई केही दिन अघि सम्पन्न कोरियन एक्बसडरकपमा कोटेश्वरका खेलाडी भएका कारण खेल्न वञ्चित गरिएको थियो । 

कोटेश्वर डोजाङका मुख्य प्रशिक्षक नवीन कुमार श्रेष्ठ हुन् । सोही डोजाङका पाँच खेलाडीले गत साग खेलमा स्वर्ण पदक जितेका थिए । नेपाली तेक्वान्दोमा बढ्दो विकृतिका कारण अहिले यी मध्येका धेरै जना बिदेसिएका छन् । 

कोटेश्वरका मुख्य प्रशिक्षक नवीनकै प्रशिक्षणमा नेपालले गत साग खेलमा सानदार जित हात पारेको थियो । अहिले खेलाडीले पाउने स्कलरसिप कार्यक्रम र ओलम्पिक स्कलीरसीप प्रोग्राममा बरियताक्रमलाई बे वास्ता गर्दै सिफारिस गरिए पछि नवीनले यसको विरुद्धमा आवाज उठाएका थिए । यस पछि नै सङ्घ उनी प्रति पूर्वाग्रही भएको हो । १३ औ सागमा नेपाललाई सानदार उपलब्धि दिलाउने नवीन सहित सँगिना वैद्य, हिरा थापा र नोर्बु लामालाई चालु १९ औँ एसियाली खेलकुदमा प्रशिक्षण टोलीमा समावेश गरिएको छैन । यसका बाबजुद राष्ट्रिय खेलकुद परिषद् मौन रहेको थियो । एसियाडमा अहिलेसम्म नेपाली खेलाडीको प्रदर्शन कमजोर देखिएको छ । 

Comment