कठायत ब्याडमिन्टन ट्रेनिङ सेन्टरमा अर्यालको बिदाइ 

 

कठायन ब्याडमिन्टन ट्रेनिङ सेन्टरले एसियाली खेलकुदमा सहभागिताका लागि शनिवार त्यसतर्फ प्रस्थान गर्ने उदय अर्याललाई बिदाइ गरेको छ । अर्याल बीडब्लुएफ सर्टीफाइड अन्तर्राष्ट्रिय लाइन जज हुन् । 
प्यारालिम्पिक र एसियाली  खेलकुदमा सहभागी पहिलो अन्तर्राष्ट्रिय लाइन जजको रूपमा अर्यालले कीर्तिमान कायम गरेका छन् । 

यस अघि अर्याल जापानको टोकियोमा भएको पारालिम्पिकमा पनि सहभागी भएका थिए । उनको बिदाइ कार्यक्रममा कोसी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव हंसराज वाग्ले, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्री प्रसाद शर्मा, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जय भट्टराई र सुदूर पश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहको उपस्थिति थियो । साथमा नेपाल ब्याडमिन्टन सङ्घका पूर्व उपाध्यक्ष सुभाष श्रेष्ठको पनि उपस्थिति थियो । 

होङझाउ एसियाडमा सहभागी हुन जाने यी चार जना सदस्यसचिवलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । उनीहरूलाई क्रिस्टल पाइपका प्रोप्राइटर निरञ्जन सिम्खडाले सम्मान गरेका थिए । सो अवसरमा उनले नेपाली ब्याडमिन्टनको समस्यालाई निकास दिन प्रदेश सदस्य सचिवहरूले निर्वाह गरेको भूमिकामा आभार व्यक्त गरे । 

कार्यक्रममा बोल्दै सदस्य सचिव वाग्लेले वर्तमान दुई दशक सम्म नेतृत्व गरेको ब्याडमिन्टन संघले  सही काम नगरेको ठहर गर्दै बिना प्रक्रिया अधिवेशन गर्न आँटेकाले हस्तक्षेप गर्न परेको कुरामा जोड दिए । कठायत ब्याडमिन्टन ट्रेनिङ सेन्टरका प्रशिक्षक गौतम कठायत तथा फिटनेस पार्कका प्रमुख अर्जुन खनाल पनि उपस्थित थिए ।  

Comment