सङ्घको बेवास्ताले सामान लिलामीको अवस्थामा

थापाथलीको निवासमा  धाउने आसेपासेको भरमा चलाएर नेपाली एथलेटिक्सलाई बन्दी बनाएका अध्यक्ष राजीव विक्रम शाहको बे वास्ताको सीमा नाघेको छ । किड्स प्रशिक्षण कार्यक्रमका लागि वर्ल्ड एथलेटिक्सबाट आएको सहयोग सामग्री समेत संघले बे वास्ता गरेको छ। अध्यक्ष शाहले आफूलाई कुनै खबर नआएका कारण नेपाल एथलेटिक्सलाई सहयोग आएको कुरा नै स्वीकार गरेनन् । 

धेरै वर्ष अगाडी सर्गेइ बुक्का नेपाल भ्रमणमा आएको समयमा नेपालको तर्फबाट ट्र्याक तथा प्रशिक्षण सामग्रीको माग भएको थियो । यसरी आएको सामग्री त्यही अलमलिए पछि अहिले लिलामको तयारी भएको छ । एथलेटिक्स सङ्घ त्यो बुझ्न समेत गएको छैन । त्यसै समयमा नेपालले ट्र्याकको माग गर्दा स्थानको जोहो गर्न नसके पछि सो अवसर भुटानले पाइ सकेको छ । 

अध्यक्ष राजीव विक्रम प्रत्येक जिल्लामा पुगेर सो ट्रायकको लागि पहल भई रहेको झुट बोलेको एथलेटिक्स निकट एक प्रशिक्षक बताउँछन् । 

काँग्रेस पार्टीको राजनीतिक आड र अकुत सम्पत्तिको बलमा सङ्घका अध्यक्ष भएका शाहको झुटको खेती यत्तिमा सीमित छैन । उनले गएको काँग्रेस केन्द्रीय समितिको बैठकमा पार्टी अलोकतान्त्रिक भएको प्रतिक्रिया दिएका थिए । उनको त्यो अभिव्यक्ति समाचारको विषय बनेको थियो । ‘उनको सङ्घ चलाउने रवैया भने अचम्मको छ,,’ ती प्रशिक्षकले भने । नियोजित रूपमा एथलेटिक्स खेलका जानकारलाई बाहिर हत्याउन अनेक प्रपञ्च गर्ने उनको कमिटीका अन्तर्राष्ट्रिय निकाय हेर्ने जिम्मा पाउनेहरूले सामान्य पत्राचारको ल्याकत समेत राख्दैनन् । यसको असर ट्र्याक देखि प्रशिक्षण सामग्रीसम्म परेको छ । 

उनकै कार्यकालमा धावक गोपीचन्द्र पार्कीको भावना माथि भएको चरम खेलबाड र सङ्घको गैर जिम्मेवारीपनले त एथलेटिक्स सङ्घलाई हदैसम्मको बदनाम बनाएको छ । 

Comment