तीन महिना समय माग गर्ने भेलाको निर्णय 

प्रदेश खेलकुद परिषद्ले नेपाल ब्याडमिन्टन सङ्घ आफैले गठन गरेको प्रदेश ब्याडमिन्टन सङ्घलाई अस्वीकार गरे पछि नेपाल ब्याडमिन्टन सङ्घको घोषित चुनावी साधारण सभा असफल भएको छ । वैधानिक प्रक्रिया पुरा नभए पछि सङ्घ अध्यक्ष रामजी बहादुर श्रेष्ठको जबरजस्ती  अधिवेशन गर्ने मनसाय असफल भएको हो ।

बिहीबार राती अबेर बसेको भेलाले तीन महिना सार्नका लागि अनुमति माग्ने निर्णय गरेको छ । प्रदेश खेलकुद परिषद्ले गरेका सबै कामको समीक्षा गर्ने समय आइ सकेको छैन होला । परन्तु नेपाली खेलकुदमा उठेको क्षेत्रीय र वर्गीय भेदभाव र मनोमानीको आवाजले केही हदसम्म सार्थकता पाएको छ । 

उपत्यका केन्द्रित नेतृत्वको मनपरी तन्त्र नेपालका धेरै खेलहरुमा यथावतै छ । यसै क्रममा ब्याडमिन्टन सङ्घको गतिविधिको विरुद्धमा देशभरिबाट आवाज उठ्न थाले पछि श्रेष्ठले अनेक प्रपञ्च गरेर आफ्नो अनुकूल प्रदेश सङ्घ बनाएका थिए ।  

ब्याडमिन्टनमा यो आवाज उठे पनि कुनै विशेष योग्यता नभएका, दक्षता नभएका, आर्थिक सम्पन्नता भएकाहरूले नेपाली खेलकुदमा प्रत्यक्ष र परोक्ष रूपमा देशभरिका खेलकर्मीको मान मर्दन गरेको उदाहरण प्रशस्त छ । पैसा भएका आफूले नेतृत्व गरेको सङ्घमा कुनै प्रतिबद्धता नभएकाहरूको जमातले नेपाली खेलकुद यत्ति ग्रसित छकी आसन्न एसियाडमा समेत धेरै खेलमा नेपालको प्रदर्शन सर्मानक भएमा यसमा आश्चर्य हुने छैन । 

Comment