नेपालको सफल यात्रामा च्याम्पियन्सकी निमाको फड्को 

थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा  सिनियरतर्फ एक  कास्य  पदकसहित जुनियर र क्याडेट तर्फ पनि उल्लेखनीय सफलता पाएको छ ।   । 

६ देखि १० सेप्टेम्बरसम्म सम्पन्न प्रतियोगितामा सिनियर तर्फ ५५ केजी तर्फ थाइल्यान्ड ओपन कराते च्याम्पियनसिप नेपालको लागि निमाले कास्य पदक जितेकी हुन् । जुनियर तर्फ  यूथ  १२ को ३५ केजी तौल समूहमा मनिल श्रेष्ठ तथा ४०केजी तौल समूहमा संयूना मगरले स्वर्ण पदक जितेका छन् ।  

काठमाडौँमा रहँदा मेहनती प्रशिक्षक श्याम सुनुवारको प्रशिक्षणमा रहेकी च्याम्पियन्स मार्सल आर्ट एकेडेमीकी निमाको पदक यात्रामा नेपालका लागि विश्व स्तरीय प्रतियोगितामा सफलता दिलाउने कीर्तिमानी खेलाडी दिगम्ब पन्तको कुशल प्रशिक्षणले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । 

जुनियर यूथ –१४ एकल काता तर्फ राहन जाभेदले रजत पदक, यूथ– १२ तर्फ ३० केजी तौल समूहमा बिबिशा अधिकारी, ३५ केजी तौल समूहमा प्रलेश महर्जन, ४०  केजी तौल समूहमा अविधी विश्वकर्मा, ४५ केजी तौल समूहमा कबिर शर्मा चौलागाईं र ४५ केजी तौल समूह भन्दा माथिमा सुमन मल्लले कास्य पदक जिते ।  जुनियर तर्फ उजिन पण्डित क्षेत्रीले ७६ के.जिमा कास्य पदक  र क्याडेट तर्फ नेपालका लागि  पुरुष तर्फको  ७० के. जी भन्दा माथिको तौल समूहमा हार्दिक थपलियाले रजत पदक तथा जिसम लुङ्गेलीले कास्य पदक जिते । 

Comment